देशभर विकास र समृद्धिकाे सन्देश दिने मेरो सङ्कल्प छ : प्रचण्ड

चितवन – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास र समृद्धिको सन्देश दिने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ । नेपाल विद्युत् प्राधिकरणले भरतपुरमा सुरु गर्न लागेको वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको शनिवार शिलान्यास गर्दै अध्यक्ष दाहालले सङ्कल्पमा नागरिकको निरन्तर सहयो…

मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता झाद्वारा राजिनामा

वीरगंज –मधेश मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाले मुख्यमन्त्री लालबाबु राउतलाई शनिबार राजीनामा बुझाउनुभएको हो  । मधेस प्रदेश गठन भएदेखि नै प्रमुख न्यायाधिवक्तामा नियुक्त भएका झा शनिबार नै जनता समाजवादी पार्टीमा प्रवेश गर्नुहुनेछ । जसपाका अध्यक्ष उ…

जिम्बावेले पहिलो पटक अस्ट्रेलियालाई उसकै भूमिमा हरायो

काठमाण्डौ – जिम्बावेले अस्ट्रेलियालाई पहिलो पटक उसकै भूमिमा हराएको छ । तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियालाई तीन विकेटले हराउँदै जिम्बावेले यो उपलब्धि हासिल गरेको हो । अस्ट्रेलियाले दिएको एक सय ४२ रनको लक्ष्य ३९ ओभरमा सात विकेट गुमाएर पूरा गर्दै जिम्बावेले इतिहास रचेको…

भारतमा ट्रकले बसलाई ठक्कर दिँदा ४ जना नेपालीको ज्यान गयो, २४ जना घाइते

भारतको उत्तर प्रदेशमा ट्रकले बसलाई ठक्कर दिँदा चार जना नेपालीको ज्यान गएको छ । अरू २४ जना घाइते भएका छन् । रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको बसलाई उत्तर प्रदेशको बाराबंकी जिल्लाको महंगुपुर गाउँमा रोकिराखेको बेला ट्रकले ठक्कर दिएको ‘द टाइम्स अफ इन्डिया’ ले जनाएको छ । घाइतेहरूको बाराबंकी जिल्ला अस्पता…

पर्सागढी नगरपालिकामा एक महिलाको शव फेला

वीरगंज –पर्सामा आज शनिबार एकजना महिलाको शव फेला परेको छ । जिल्लको पर्सागढी नगरपालिका वडा नम्बर ३ बढनियारमा रहेको खोलामा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । उक्त शव बाराको जितपूर सिमरा उपमहानगरपालिका वडा नम्बर १९ की सरावती देवीकी रहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलिले जनकारी दिएको छ ।…

चुनाव हारिएला कि भन्ने डरले बढी सताउँछ : गगन थापा

काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव आएपछि हारिएला कि भन्ने डर आफूलाई सधैँ हुने गरेको बताउनुभएको छ । चुनावमा जितरहार दुवै हुने भए पनि आफूलाई हारिएला कि भन्ने डरले बढी सताउने गरेको अनुभूति सुनाउनुभएको हो । काठमाण्डौको बूढानीलकण्ठमा रहेको भ्याली पब्लिक माध्यमिक विद्यालयले शन…

अर्थतन्त्रका सूचक सकारात्मक बाटोमा गए, अब सुधार हुन्छ : अर्थमन्त्री शर्मा

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रका सूचकहरुमा क्रमशः सुधार हुँदै गएको बताउनुभएको छ । काठमाण्डौमा नेपाल आर्थिक पत्रकार समाज सेजनको २४ औँ वार्षिक साधारणसभालाई संबाेधन गर्दै अर्थमन्त्री शर्माले पछिल्लो समय तरलताको समस्या कम हुँदै गएको र रेमिट्यान्स पनि बढ्दै गएको बताउनुभयो । उहाँले त…

जसपा पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको लागी डा गुप्ताको नाम एकल सिफारिस

श्रीनारायण महत्तो  वीरगंज –पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको लागी जनता समाजबादी पार्टी (जसपा) पर्साले डा.मधु गुप्ताको एकल नाम सर्वसमती बाट सिफारिस गरेको छ । जसपा पर्सा क्षेत्र नम्बर ३ को क्षेत्रीय बैठकले डा.गुप्ताको एकल नाम सिफारिस गरेको क्षेत्रीय अध्यक्ष नागेन्द्र प्रसाद यादवले हस्ताक्षर ग…

श्रीमान्–श्रीमती दुवै जनालाई टिकट दिने परिपाटी हटाउनुपर्छ : सांसद लामा

नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामाले आउँदाे चुनावमा श्रीमान्–श्रीमती दुवै जनालाई टिकट दिने परिपाटी हटाउनुपर्ने बताउनुभएकाे छ । शुक्रवारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । सांसद लामाले श्रीमान् र श्रीमती दुवै जना उम्मेदवार भएमा उम्मेदवारी खारेज गर्ने नियम बन…

उम्मेदवारी दिएको भन्दै पूर्व मेयरद्वारा नेत्री ममता महतोमाथि बैठकस्थलमै दुर्व्यवहार

महोत्तरी – नेपाली कांग्रेसको तर्फबाट समानुपातिकतर्फ उम्मेदवारी दिएको भन्दै महिला नेत्री ममता महतोमाथि पूर्व मेयर विनोद यादवले हातपातको प्रयास गरेका छन्। विहिबार दिउँसो नेपाली कांग्रेसको बैठक जारी रहेको समयमा बलवा नगरपालिकाको पूर्व मेयर तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि विनोद यादवले आफ्नै पा…