जसपा पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको लागी डा गुप्ताको नाम एकल सिफारिस

श्रीनारायण महत्तो 

वीरगंज –पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको लागी जनता समाजबादी पार्टी (जसपा) पर्साले डा.मधु गुप्ताको एकल नाम सर्वसमती बाट सिफारिस गरेको छ ।

जसपा पर्सा क्षेत्र नम्बर ३ को क्षेत्रीय बैठकले डा.गुप्ताको एकल नाम सिफारिस गरेको क्षेत्रीय अध्यक्ष नागेन्द्र प्रसाद यादवले हस्ताक्षर गर्नुभएको पत्रमा उल्लेख गरिएको छ ।

डा.गुप्ताको राजनीतिकमा प्रत्यक्ष भूमिका नदेखिए पनि उहा मुलुकको हरेक बिषय बस्तुमा चासो चिन्ता र जिज्ञासा समय समयमा राखी रहनु हुन्छ ।

पर्सा जिल्लाको हकमा बिकास निर्माणका काम देखि शिक्षा , स्वास्थ्य र रोजगारीको लागी बिभिन्न समयमा चिन्ता व्यक्त गर्दै आउनुभएको छ । जिल्लामा भएको विद्यामान समास्या समाधान तर्फ डा.गुप्ताको ध्यान हुनेगर्छ ।

Share your love