श्रीमान्–श्रीमती दुवै जनालाई टिकट दिने परिपाटी हटाउनुपर्छ : सांसद लामा

नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामाले आउँदाे चुनावमा श्रीमान्–श्रीमती दुवै जनालाई टिकट दिने परिपाटी हटाउनुपर्ने बताउनुभएकाे छ । शुक्रवारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।

सांसद लामाले श्रीमान् र श्रीमती दुवै जना उम्मेदवार भएमा उम्मेदवारी खारेज गर्ने नियम बनाउनका लागि निर्वाचन आयोगलाई अनुरोध गर्नुभयो । सांसद लामाले नेपाली भूमि लिपुलेक कहिले फिर्ता आउँछ ? भनी सरकारलाई प्रश्न पनि गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘म अहिलेको सरकारलाई पनि सोध्न चाहान्छु, लिपुलेक हाम्रो जमिन हो । त्यो छिमेकीसँग वार्ता गरेर जमिन कहिले फिर्ता आउँछ ? म सोध्न चाहन्छु ।’

 

Share your love