पर्सागढी नगरपालिकामा एक महिलाको शव फेला

वीरगंज –पर्सामा आज शनिबार एकजना महिलाको शव फेला परेको छ । जिल्लको पर्सागढी नगरपालिका वडा नम्बर ३ बढनियारमा रहेको खोलामा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

उक्त शव बाराको जितपूर सिमरा उपमहानगरपालिका वडा नम्बर १९ की सरावती देवीकी रहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलिले जनकारी दिएको छ । ४० बर्षिय  सरावति देवी पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ बढनियार स्थित माईतिमा बस्दै आउनुभएको थियो।

परिवारिक श्रोतका अनुसार बुधबार राति खाना खाएर सरावती देवी सुतेको र त्यसपछि बिहिबार बिहान देखि घरमा भेटिएन्न । घटना बारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक किशोर आचार्यले बताउनुभयो  ।

Share your love