भारतमा ट्रकले बसलाई ठक्कर दिँदा ४ जना नेपालीको ज्यान गयो, २४ जना घाइते

भारतको उत्तर प्रदेशमा ट्रकले बसलाई ठक्कर दिँदा चार जना नेपालीको ज्यान गएको छ । अरू २४ जना घाइते भएका छन् । रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको बसलाई उत्तर प्रदेशको बाराबंकी जिल्लाको महंगुपुर गाउँमा रोकिराखेको बेला ट्रकले ठक्कर दिएको ‘द टाइम्स अफ इन्डिया’ ले जनाएको छ ।

घाइतेहरूको बाराबंकी जिल्ला अस्पताल र लखनउमा रहेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

गोवा जाँदै गरेको बसको टायर पन्चर भएपछि सडक छेउमा रोकेर चालकले टायर परिवर्तन गर्दै गर्दा पछाडिबाट ट्रकले ठक्कर दिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै ‘द टाइम्स अफ इन्डिया’ ले जनाएको छ । बसमा झन्डै ६० जना नेपाली मजदुर रहेका थिए । ज्यान गुमाउने तथा घाइतेहरूको पहिचान खुलेको छैन ।

Share your love