मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता झाद्वारा राजिनामा

वीरगंज –मधेश मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाले मुख्यमन्त्री लालबाबु राउतलाई शनिबार राजीनामा बुझाउनुभएको हो  ।

मधेस प्रदेश गठन भएदेखि नै प्रमुख न्यायाधिवक्तामा नियुक्त भएका झा शनिबार नै जनता समाजवादी पार्टीमा प्रवेश गर्नुहुनेछ । जसपाका अध्यक्ष उपेन्द्र यादवले झालाई पार्टी प्रवेश गराउने कार्यक्रम छ ।

प्रमुख न्यायाधिवक्ता रहँदा झाले संघीय सरकारसित प्रदेशको अधिकारको लागी निरन्तर कानुनी लडाइँ गरिरहनु भएको थियो । उहाकै सक्रियतामा सर्वोच्च अदालतमा मधेस सरकारले संघीय सरकारविरुद्ध करिब ८ वटा मुद्दा दर्ता गराएको थियो ।

झा महोत्तरीको क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा उहा हुनुहुन्छ । झाले मुख्यमन्त्रीलाई भेटेर राजीनामा दिइसकेको र जसपा प्रवेशको तयारी भइरहेको छ  ।

Share your love