बारा क्षेत्र नम्बर ३ को (ख) मा कांग्रेस नेता सिंहलाई टिकट पाउने प्रबल संभावना

वीरगंज – बारा क्षेत्र नम्बर ३ को (ख) बाट प्रदेश सांसदको उमेदवारको लागी नाम सिफारिस भएको कांग्रेस नेता राजेश कुमार सिंहलाई पार्टीबाट टिकट पाउने प्रबल संभावना बढेको छ । नेपाली कांग्रेस बाराको क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिको बैठकले बारा क्षेत्र नम्बर ३ को (ख) मा सिंह नाम सिफारिस गरे संगै उहाको चर…

भ्रष्टाचारका आरोपी गच्छदार पनि कांग्रेसबाट उम्मेदवार सिफारिस

नेपाली कांग्रेसले भ्रष्टाचारको आरोपमा संसदबाट निलम्बनमा परेका र विशेष अदालतमा मुद्दा खेपिरहेका विजयकुमार गच्छदारलाई उम्मेदवार सिफारिस गरेको छ । रौतहटमा बम विस्फोट गराएको र जिउँदा मान्छेलाई इँटाभट्टामा जलाएको आरोपमा जेलमा रहेका मोहमद अफताब आलमलाई उम्मेदवार सिफारिस गरेपछि भएको आलोचनालाई बिर्सिएर सुनस…

मुख्यमन्त्री राउत पर्सा क्षेत्र नं १ (ख) बाट सिफारिस

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मधेस प्रदेशका मुख्यमन्त्री डा लालबाबु राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यकाो उम्मेदवारका लागि सिफारिस गरेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत मुख्यमन्त्री राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यका लागि एकल नाम सि…

बारामा प्रहरी र डाँका समुहबीच भिडन्त हुदा एक प्रहरी घाईते

गएराती शनिबार बारामा प्रहरी र डाँकाको समुह बीच दोहोरो भिडन्त हुदा एक जना प्रहरी अधिकारि घाईते हुनुभएको छ । शनिबार राति मध्यरातमा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २३ मा रहेको एरोटेक प्रालिमा लूटपाट गर्न आएको डाँका समुहको खबर पाएर घटनास्थलमा पुगेको प्रहरीको टोलि संग दोहोरो भिडन्त भएको हो …

नेपालका बक्स अफिस पारदर्शी छैनन् : अध्यक्ष खड्का

नेपाल चलचित्र निर्माता सङ्घको निवर्तमान कार्यसमितिले नवनिर्वाचित पदाधिकारीलाई शपथ ग्रहण एवम् पद हस्तान्तरण गरेको छ । शनिवार काठमाण्डौमा एक कार्यक्रमबीच नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण गरिएको हो । नवनिर्वाचित पदाधिकारीलाई निवर्तमान अध्यक्ष आकाश अधिकारीसहितको टिमले पद हस्तान्तरण गरेको थियो । प…

नेपालले केन्यालाई हरायो, एक खेलअघि नै शृङ्खला जित्यो

काठमाण्डौ – दोस्रो एकदिवसीय क्रिकेट अभ्यास खेलमा नेपालले केन्यालाई १६ रनले हराएको छ । नेपालले दिएको दुई सय ३१ रनको लक्ष्य पछ्याएको केन्या ४६ ओभर ३ बलमा दुई सय १४ रनमा अलआउट भयो । केन्याका लागि रकिप पटेलले ८१, कोलिन्स ओबुयाले ३७ र नेल्सन ओधियाम्बोले २८ रन बनाए । बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले …

आजको राशिफल -२०७९ साल भाद्र महिनाको १९ गते आईतबार

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिवश आजको योजना निष्फल जस्तै रहनेछ। धन अभावले सताउनेछ भने श्रमको उचित मूल्य प्राप्त नहुन सक्छ। आश्वासन बाँड्नेहरूले पनि झुक्याउन सक्छन्। शुभचिन्तकहरूको सुझाव बेवास्ता गर्दा समस्या पर्नेछ। लगानी धेरै भए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। विशेष काम स…

पर्सा क्षेत्र नं. दुईको (क) मा प्रत्यक्ष तर्फ एमालेका तैयव मियाको नाम सिफारिस

वीरगंज –आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनको पर्सा क्षेत्र नम्बर दुईको (क) बाट मधेश प्रदेशको प्रत्यक्ष तर्फ एमालेको नेता तैयब मियाको नाम सर्वसमत रुपले सिफारिस गरेको छ । एमाले पर्सा क्षेत्र नम्बर दुईको क्षेत्रीय कमिटिको बैठकले सर्वसमत रुपले सिफारिस गरेको एमालेका युवा नेता मुहम्मद मेराजले जान…

नक्कली नोटको नमूना कागजातसहित १ जना प्रहरीको नियन्त्रणमा

जनकपुरधाम – सर्लाहीमा सशस्त्र प्रहरीले नक्कली नोटको नमूना कागजातसहित एकजनालाई नियन्त्रणमा लिएको छ। शुक्रबार नेपाल(भारत सीमावर्ती क्षेत्र बहादुरपुरबाट ठूलो परिमाणमा नक्कली नोट बनाउने नमुना कागज बरामद भएको सशस्त्र प्रहरी मधेस प्रदेशका डिआईजी गणेशठाडा मगरले जानकारी दिए। गोडैता नगरपालिका(३ सिमरा भगवतीप…

१३ लाख भन्दा बढीको सामग्री बरामद

श्रीनारायण महत्तो वीरगंज –सशस्त्र प्रहरी बल नेपाल नम्बर १३  गण हेड़क्वाटर पर्साले यसै हप्ता मात्र १३ लाख ४२ हजार , ४ सय ४९ रुपैयाको बिभिन्न सामाग्री बरामद गरेको छ । पर्साका सशस्त्र प्रहरी नायव उपरीक्षक  सन्तोष कुमार बस्नेतका अनुसार वीरगंज महानगरपालिकाको र पर्साको जिल्लाको अन्य ठाउँ बाट भाद्र १२ गते…