बारामा प्रहरी र डाँका समुहबीच भिडन्त हुदा एक प्रहरी घाईते

गएराती शनिबार बारामा प्रहरी र डाँकाको समुह बीच दोहोरो भिडन्त हुदा एक जना प्रहरी अधिकारि घाईते हुनुभएको छ । शनिबार राति मध्यरातमा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २३ मा रहेको एरोटेक प्रालिमा लूटपाट गर्न आएको डाँका समुहको खबर पाएर घटनास्थलमा पुगेको प्रहरीको टोलि संग दोहोरो भिडन्त भएको हो ।

डाँका र प्रहरी बीचको दोहरो भिडन्तमा परेर  वरिष्ठ प्रहरी नायव निरीक्षक कमलबहादुर शाही घाईते हुनुभएको छ । डाँका समुहको रड प्रहार बाट उहालाई चोट लागीको र अहिले वीरगंजको हेल्थ केयर अस्पतालमा उपचार भईरहेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताउनुभयो।

डाँकाहरुको समूहबाट एक राउन्ड र प्रहरीको तर्फबाट तीन राउन्ड गोली चलेको समेत प्रहरी उपरीक्षक बोगटीले बताउनुभयो  । प्रहरीले दुईजना डाँकालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट तीन राउन्ड गोली, एक थान भरुवा बन्दुक र एक थान कटुवा पेस्तोल बरामद गरिएको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिनुभयो ।

घटनाको बिस्तृत अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक वोगटीले बताउनुभयो

Share your love