बारा क्षेत्र नम्बर ३ को (ख) मा कांग्रेस नेता सिंहलाई टिकट पाउने प्रबल संभावना

वीरगंज – बारा क्षेत्र नम्बर ३ को (ख) बाट प्रदेश सांसदको उमेदवारको लागी नाम सिफारिस भएको कांग्रेस नेता राजेश कुमार सिंहलाई पार्टीबाट टिकट पाउने प्रबल संभावना बढेको छ । नेपाली कांग्रेस बाराको क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिको बैठकले बारा क्षेत्र नम्बर ३ को (ख) मा सिंह नाम सिफारिस गरे संगै उहाको चर्चा हुन् थालेको छ ।

नेपाली कांग्रेसमा नै बसेर २४ बर्ष सक्रिय भएर देश र जनताको लागी राजनीतिक गर्नुभएको सिंहलाई त्यस क्षेत्रमा जनताको बृहत बहुमत रहेको उहा पक्षीय नेताहरुको दाबि छ ।

सिंहले  समाजमा भएका विद्यामान समस्या समाधानको लागी जनताको साथ र सहयोगको अपिल सेमत गर्नुभएको छ ।निर्वाचित भए देखि नै आफु जनताको प्रत्यक्ष समस्या पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो ।

Share your love