पेट्रोलको भाउ प्रतिलिटर एक रुपैयाँले बढ्यो

नेपाल आयल निगमले पेट्रोल र हवाई इन्धनको भाउ बढाएको छ । निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरको एक रुपैयाँले बढाएको हो । अब पेट्रोलको मूल्य पहिलो वर्गमा लिटरको एक सय ५७ रूपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय…

उद्घाटन खेलमा जनकपुर बोल्ट्स विजयी

बलरहरू ललित राजवंशी, किशोर महतो र हर्ष थाकरको प्रदर्शन अनि लाहिरु मिलान्थाको  सानदार अर्धशतकमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा विराटनरग किंग्सलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । मिलान्थाको अविजित अर्धशतक मद्दतमा विराटनगरले दिएको १२८…

एनपीएलमा विराटनगरद्वारा जनकपुर समक्ष १२८ रनको लक्ष्य प्रस्तुत

बहुचर्चित र बहुप्रतिक्षित नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल) आजदेखि शुरु भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको पहिलो संस्करणको एनपीएलको त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा भव्य उद्घाटन भएको छ । उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्सले खेल्दैछन्…

टिपरले मोटरसाईकललाई ठक्कर दिदा पर्सामा एकजनाको मृत्यु

पर्साको वीरगञ्ज पोखरिया सडकखण्डमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिको वडा नम्बर–१७ अलौंस्थित छगछिया भन्ने ठाउँमा शनिवार भएको सवारी दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा परी थप एक जना समान्य घाइते भएको पर्सा प्रहरीले जनाएको छ…

उत्तरी नाइजेरियाको नाइजर नदीमा डुङ्गा पल्टिँदा २७ जनाको ज्यान गयो

उत्तरी नाइजेरियाको नाइजर नदीमा डुङ्गा पल्टिँदा २७ जनाको ज्यान गएको छ । एक सय जना भन्दा धेरै हराइरहेका छन् । दुई सय जना मानिसलाई बोकेर एउटा खाद्य बजारतर्फ गइरहेको डुङ्गा पल्टिएको सरकारी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ…

बहुचर्चित र बहुप्रतिष्ठित नेपाल प्रिमियर लिग क्रिकेट आजदेखि, क्रिकेटप्रेमी उत्साहित

काठमाण्डौकाे कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा आज नेपाल प्रिमिएर लिग (एनपीएल) को भव्य शुभारम्भ हुँदैछ । पहिलोपटक एनपीएल शुरु हुन लाग्दा देश, विदेशका क्रिकेटप्रेमी उत्साहित छन् । हरेक क्रिकेटप्रेमीको ध्यान यतिखेर एनपीएलतिर केन्द्रित भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)…

आचारसंहिता उल्लङ्घन गर्ने ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले स्पष्टीकरण सोध्यो

निर्वाचन आयोगले आचारसंहिता विपरीत गतिविधि गर्ने ६ जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । गएराति गरेको अनुगमनका क्रममा उनीहरूले आचारसंहिता विपरीत चुनावी गतिविधि गरेको पाइएपछि स्पष्टीकरण सोधेको आयोगले जनाएको छ । स्पष्टीकरण सोधिएका उम्मेदवारहरूमा कीर्तिपुरका राजमान महर्जन, मीनबहादुर मानन्धर, शिवशरण महर्जन,…

प्रधानमन्त्री ओलीको चीन भ्रमणको औपचारिक घोषणा

नेपाल र चीन दुवै देशले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको औपचारिक घोषणा गरेका छन् । नेपालको परराष्ट्र मन्त्रालय र चिनियाँ विदेश मन्त्रालयले आज एकसाथ विज्ञप्ति निकालेर भ्रमणको औपचारिक घोषणा गरेका हुन् । चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली…

अस्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जाल प्रतिबन्ध हुने निश्चित

अस्ट्रेलियाका सांसदहरूले १६ वर्षमुनिका बालबालिकाका लागि फेसबुक, इन्स्टाग्राम र एक्स जस्ता सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने नियमहरू पारित गरेका छन् । विधेयक अस्ति बुधवार संसद्को तल्लो सदनबाट र हिजो बेलुका सिनेटबाट पारित भएको हो । अब सामाजिक सञ्जाल कम्पनीहरूले बालबालिकालाई खाता…

महोतरीमा ब्राउन सुगरसहित दुई जना पक्राउ

महोतरीको बर्दिबासमा एम्बुलेन्सबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबासले प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोट सिन्धुलीको एम्बुलेन्सबाट ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको हो । सिन्धुलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००२ झ ६६९० नम्बरको एम्वुलेन्सबाट १०…