पर्सा बारामा आयोजित कार्यक्रममा १५८ जनाद्वारा रगत दान

वीरगंज – पर्सा बारामा आयोजित कार्यक्रममा १५८ जनाले रक्तदान गरेका छन । रक्तदान गरौं , जीवनदान गरौं नाराका साथ वीरगंजस्थति श्रीराम होस्पिटलले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ११ महिलासहित ६० जनाले रक्तदान गरेका हुन् । रक्तदान गर्नेमाहरुमा ज्योतिलाल पण्डित , सविन यादव , विरू कुशवाहा लगायत रहेका छन ।

यसैगरी निखिल ज्वेलर्सले माईस्थान पार्कामा आयोजना गरेको आकास्मिक रक्तदान कार्यक्रमा ६ महिलासहित ४६ जनाले रक्तदान गरेका रक्तसञ्चार केन्द्रका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानाकरी दिनुभएको छ । रक्तदान गर्नेमा अनुकुमारी रोय , अर्चना कुमारी चौधरी , अनिश कुमार , अनिता सर्राफ , अमृता देवी , विजय सर्राफ लगायत रहनुभएको छ ।

उता बाराको कलैयामा कलैया नगर एकता सहयोगी समूहको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ५ महिलासहित ५२ जनाले रक्तदान गरेका छन । उक्त समुहको १० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनीहरुले रक्तदान गरेका हुन् । रक्तदान गर्नेहरुमा कविता चौधरी , प्रदिप यादव , मनिषा चौधरी लगायत छन ।

तिनवटै कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक टोलीले प्रविधि सहयोग गरेका रक्तसञ्चार केन्द्र वीरगंजले जनाएको छ  ।

Share your love