सुनको भाउ तोलामा तीन सय रुपैयाँले घट्यो

आज सुनको भाउमा तोलामा तीन सय रुपैयाँले घटेको छ । सुन आज तोलाको एक लाख ३८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ३८ हजार चार सय रुपौयाँ रहेको थियो । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर एक हजा…

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई पदबाट हटाउन माग गरेको रिट सर्वाेच्चद्वारा खारेज

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पदबाट हटाउन माग गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । मदिरा नीतिमा नीतिगत भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा प्रवर्तन निर्देशनालय (ईडी) ले पक्राउ गरेपछि केजरीवाललाई मुख्यमन्त्री पदबाट हटाउन माग गर्दै रिट परेको हो । पक्राउ परेपछि केजरीवालले मुख…

शेयर बजार दाेहाेराे अङ्कले बढ्याे

शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ३९ अङ्कले बढेर एक हजार नौ सय ९८ दशमलव ८९ विन्दुमा पुगेको छ । आज फाइनान्स, होटल, उत्पादन, निर्जीवन र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा जीवन बीमा, बैंकिङ, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज नारायणी …

अनलाइन सट्टेबाजीमा २ अर्ब रुपैयाँभन्दा बढी कारोबार गरेको आरोपमा एक जना पक्राउ

अनलाइन सट्टेबाजी गराएको आरोपमा काभ्रेको मण्डनदेउपुर नगरपालिकाका अनिल ढुंगाना पक्राउ परेका छन् । ढुंगानाले विभिन्न व्यक्तिका नाममा रहेका मोबाइल नम्बरबाट ११ वटा कनेक्ट आईपीएस, १५ वटा ई–सेवा वालेटमा लिङ्क गरिएका ५६ वटा बैंक खातामा अहिलेसम्म दुई अर्ब एक करोड १८ लाख ४४ हजार रुपैयाँ कारोबार गरेको भेटिएको…

आउँदाे मनसुनमा देशका धेरैजसाे ठाउँमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना

जल तथा मौसम विज्ञान विभागले आउँदाे मनसुनमा देशका धेरैजसाे ठाउँमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेको जनाएको छ । राष्ट्रिय मनसुन फोरम २०८१ ले आउँदाे मनसुनी अवस्थाबारे आज आयोजित सार्वजनिक कार्यक्रममा विभागमा मौसमविद् सुदर्शन हुमागाईँले धेरैजसाे ठाउँमा सरदरभन्दा ३५ दशमलव चार प्रतिशतदेखि ५५ दशमलव च…

महँगीको विरोधमा प्रदर्शन चर्किएपछि पाकिस्तान प्रशासित कश्मीर क्षेत्रमा तनाव

पाकिस्तान प्रशासित कश्मीरमा बिजुली र गहुँको पिठोको मूल्य बढेको विरोधमा प्रदर्शनकारी र प्रहरीबीच हिंसात्मक झडप भएको छ । झडपमा एक जना प्रहरी निरीक्षकको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ । पाकिस्तान प्रशासित कश्मीर सरकारका प्रवक्ता अब्दुल मजिद खानले एक जना प्रहरी निरीक्षकको ज्यान गएको र ९० जना स्थान…

आजको राशिफल

२०८१ वैशाख ३१ गते | साेमवार, १३ मे २०२४। वैशाख शुक्लपक्ष षष्ठी तिथि। पुनर्वशु नक्षत्र, १४ः०९ बजेपछि तिष्य। चन्द्रराशि मिथुन, ७ः५२ बजेपछि कर्कट। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता…

एमाले अध्यक्ष ओली भोलि वीरगंज आउने

वीरगंज – नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भोलि वीरगंज आउनु हुने भएको छ । हालै सम्पन्न एमाले पर्साको ९ औं जिल्ल्ला अधिवेशनबाट निर्वाचित भएका पदाधिकारिको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन ओली भोलि आउन लाग्नुभएको हो ।

बत्तीसपुतली हत्या प्रकरण : पक्राउ परेका चारै जना नाबालक

काठमाण्डाैकाे बत्तीसपुतली कुमारी टोलमा गए राति एक जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका चार नाबालक रहेको खुलेको छ । गए राति दुई समूहबीचमा भएको झगडामा परी मोरङ घर भएका २४ वर्षीय शम्भु धिमालको ज्यान गएको थियो । घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका चारै जना नाबालक रहेकाे प्रारम्भिक अनुसन्धानबाट…

हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढ्यो

हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव २६ अङ्कले बढेर एक हजार नौ सय ७४ दशमलव ५० विन्दुमा पुगेको छ । आज फाइनान्स, होटल र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर बढेकोमा बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज सृजनशील लघुवित्त कम्पनीको शेयर १० प्रतिश…