आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने

आन्दोलनरत शिक्षकहरूले समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग मात्रै वार्ता गर्ने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासङ्घका केन्द्रीय अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा मन्त्रालयसँग वार्तामा बसेर समस्या समाधान नभएको भन्दै अब प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने बताउनुभएको हो…