बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

सिरहामा घरायसी विवादमा बुवाको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोलबजार नगरपालिका– १० डण्डाटोलका २४ वर्षीय रञ्जन भन्ने जितेन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

मंगलबार राति करिब १० बजे घरायसी विवादमा ५१ वर्षीय चन्दर यादवलाई उनका छोरा जितेन्द्रले कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएका चन्दरलाई विराटनगर न्यूरो अस्पतालमा उपचार भइरहेकोमा शुक्रबार बिहान करिब पौने २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए।

जितेन्द्रलाई पक्राउ गरी सिरहा जिल्ला अदालतबाट ज्यानसम्बन्धी कसुरमा ७ दिनको म्याद लिई थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

Share your love