इलामका जनताले सांकेतिक घण्टीको आवाज बजाइदिए : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा पराजय व्यहोर्नुपरेको कारण खोजेर २०८४ मा एकलौटी सरकार बनाउने गरी अघि बढ्ने बताएको छ ।शुक्रबार साँझ पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले निर्वाचनको बारेमा समीक्षा गरेर अघि बढ्ने निस्कर्ष निकालेको हो ।

उपननिर्वाचनको समीक्षा गर्न पार्टी महामन्त्री डा. मुकुल ढकालको नेतृत्वमा देश जेठको दोस्रो हप्ताबाट देश दौडाहामा पठाउने निर्णय गरेको पार्टी महामन्त्री ढकालले बताउनुभयो । उहाँले देश दौडाहाका बारेमा बुझेर पार्टी सचिवालयमा प्रतिवेदन पेश गर्ने र सोहीअनुसार निर्णय लिने पनि बताउनुभयो ।

महामन्त्री ढकालले प्रतिवेदनको आधारमा पार्टीको आगामी कार्यदिशा तय गर्ने निर्णय भएको पनि बताउनुभयो । उहाँले सरकारमा पार्टीले गरेका कामहरुको मूल्यांकन गर्न टिम बनाउने निर्णय भएको बताउनुभयो ।

इलामका जनताले घण्टी नबजाइकन सांकेतिक घण्टीको आवाज बजाएको निस्कर्ष पनि पार्टीले निकालेको छ । पार्टीले पार्टी सदस्यता दिने कुरालाई देश दौडाहापछि विश्लेषण गरी नर्णिय गरिएको बताउनुभयो ।

Share your love