बुधबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची तय

प्रतिनिधिसभाको बैठक बुधबार बस्दै छ । बुधबार बिहान ११ बजे बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको हो । सम्भावित कार्यसूची दुई बुँदे रहेको छ । पहिलो बुँदामा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने रहेको छ । साथै दोस…

बाँसको झाडीमा महिलाको शव फेला

वीरगंज- धनुषाको शहिदनगर नगरपालिका– ३, यदुकुहामा बाँसको झाडीमा अन्दाजी २६ वर्षीय एक महिलाको शव फेला परेको छ । मंगलबार बिहान स्थानीयवासीले नहरको डिलमा रहेको बाँसको झाडीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक महिला शहिदनगर नगरपालिका– ३, यदुकुहा बजार निवासी रहेको बताइएको छ । शवको प्राकृतिक हेर्दा …

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु र राष्ट्रिय सभा अध्यक्षबीच भेटवार्ता

वीरगंज – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुबीच भेटवार्ता भएको छ । नयाँ बानेश्वरस्थित प्रतिनिधि सभा भवनमा आज बिहान तिमिल्सिना र चान्सुबीच भेटवार्ता भएको हो । उनीहरूबीच संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता भएको…

२४ घण्टामा २ सय ३ जनामा काेराेना सङ्क्रमण

काठमाण्डाै –पछिल्लो २४ घण्टामा दुई सय तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार ५९ जनाको नमुना परीक्षण गर्दा दुई सय तीन जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा एक सय २६ जना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्ट…

‘भुवन केसीले नेपाली चलचित्रलाई हल दिएन भनेर बदनाम गर्न खोजियो’

काठमाण्डाै – चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्रलाई हल नदिएको आरोप लगाएर आफ्नो बदनाम गर्न खोजिएको भन्दै आपत्ति जनाउनुभएको छ । मङ्गलवार नेपाली चलचित्र ‘सायरा’ निर्माण हुने जानकारी दिन काठमाण्डाैमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष केसीले यस्तो बताउनुभएको हो । उहाँले आफू र चलचित्…

महिला साफ च्याम्पियनसिप फुटबलमा आज दुईवटा खेल हुँदै

काठमाण्डाै – नेपालमा चलिरहेको छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आज समूह ‘ए’ को समूह चरणका अन्तिम दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा माल्दिभ्स र पाकिस्तान खेल्दैछन् । दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । यस्तै दोस्…

जसपा युवा नेता साहद्वारा प्रहरीलाई फायर सिलिन्डर र पानी तान्ने मोटर हस्तान्तरण

वीरगंज – जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश परिषद सदस्य एवं युवा नेता शिव कुमार साहले प्रहरी चौकी महुवनलाई फायर सिलिन्डर र पानी तान्ने बिधुत मोटर हस्तान्तरण गरेका छ्न । स्थानीय स्तरमा सबैको घरमा गैस सिलिन्डर भएको र अस्वधानीका कारण आगो लिक भएको अवस्थामा फायर सिलिन्डर नभएर स्थानीयलाई कठिन…

आजको राशिफल-२०७९ साल भाद्र महिनाको २८ गते मंगलबार

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन होला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ…

महिलाको समान प्रतिनिधित्व हुनुपर्नेमा जसपा नेतृ डा.मधु गुप्ताको जोड

वीरगंज –आसन्न प्रतिनिधि सभा सदस्यको लागी पर्सा क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष तर्फ सिफारिस हुनुभएकी जनता समाजबादी पार्टीकी नेतृ डा.मधु गुप्ताले सबै ठाउँमा महिलाको समान प्रतिनिधित्व हुनुपर्ने बताउनुभएको छ । चुनावी प्रचारको क्रममा ग्रामिण ईलाका भएको पोखरियामा आज सोमबार पुग्नुभएको डा.गुप्ताले पुरुष जस्…

मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु

सप्तरी –सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा आज बिहान एक जना महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरसाइकलमा सवार जिल्लाको बोदेवर्साइन नगरपालिका २ की ४५ वर्षीया अञ्जना देवी यादव रहेकी जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ  । दुर्घटनामा गम्भीर घाइते भएकी अञ्जनालाई अस्पताल पुर्‍याउन साथ डाक्टरले म…