महिलाको समान प्रतिनिधित्व हुनुपर्नेमा जसपा नेतृ डा.मधु गुप्ताको जोड

वीरगंज –आसन्न प्रतिनिधि सभा सदस्यको लागी पर्सा क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष तर्फ सिफारिस हुनुभएकी जनता समाजबादी पार्टीकी नेतृ डा.मधु गुप्ताले सबै ठाउँमा महिलाको समान प्रतिनिधित्व हुनुपर्ने बताउनुभएको छ ।

चुनावी प्रचारको क्रममा ग्रामिण ईलाका भएको पोखरियामा आज सोमबार पुग्नुभएको डा.गुप्ताले पुरुष जस्तै महिलाको पनि सबै क्षेत्रमा प्रतिनिधित्व समान हुनुपर्नेमा जोड दिनुभएको हो ।

पेशा डाक्टर भएको ता पनि आफु महिलाको अधिकार सुनिश्ता गर्नको लागी राजनीतिकमा होमिएको बताउनुभयो । उहाले संबिधानमा महिलाको अधिकार ३३ प्रतिशत उल्लेख गरिएको भए ता पनि अहिले सम्म त्यो ३३ प्रतिशतको खासगरी ग्रामिण ईलाकाका महिलाले अनुभव गर्न नसकेको दुखेसो पोख्नुभयो ।

आफु संग उच्च शिक्षा रहेको बताउदै डा.गुप्ता आफु युवा रहेकोले नीति निर्माता सम्म म गए भने यस क्षेत्रका पिछिडिएका समुदाय संगै आदिबासी , जनजाति , मुस्लिम लगायत सबै बर्गको बिकासको लागी साझा रणनीति बनाउन पहल गर्ने भन्नुभयो ।

अहिले पनि पर्साको सदरमुकाम बहेक जिल्लाका ग्रामिण भेगमा न त क्वालिटी पुगेको छ न त क्वान्टिटी पुगेको बताउदै डा.गुप्ताले जब सम्म युवाले नेतृत्व गर्दैन तब सम्म क्वालिटी र क्वान्टिटीको कुरा परै रहन्छ आ–आफ्नो नैसर्गिक अहिकार बाट समेत बन्चित रहने बताउनुभयो । उहाले यसपाली जसपालाई फेरी आफ्ना मत दिएर जिताउन आग्रह समेत गर्नुभयो ।

Share your love