मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु

सप्तरी –सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा आज बिहान एक जना महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरसाइकलमा सवार जिल्लाको बोदेवर्साइन नगरपालिका २ की ४५ वर्षीया अञ्जना देवी यादव रहेकी जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ  ।

दुर्घटनामा गम्भीर घाइते भएकी अञ्जनालाई अस्पताल पुर्‍याउन साथ डाक्टरले मृत घोषणा गरेका थिए । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरमा सडकमा रहेको कुकुरलाई बचाउने क्रममा प्रदेश २–०१–००२ प ३९९३ नम्बरको मोटरसाइकल बिहान दुर्घटना भएको थियो । तीव्र गतिका कारण मोटरसाइकलले कुकुरलाई बचाउने क्रममा दुर्घटनामा परेको प्रहरीको भनाई छ ।

मोटरसाइकल चालक उनका श्रीमान् भने सामान्य घाइते भएको सप्तरी प्रहरीले जनाएको छ ।

Share your love