बाँसको झाडीमा महिलाको शव फेला

वीरगंज- धनुषाको शहिदनगर नगरपालिका– ३, यदुकुहामा बाँसको झाडीमा अन्दाजी २६ वर्षीय एक महिलाको शव फेला परेको छ । मंगलबार बिहान स्थानीयवासीले नहरको डिलमा रहेको बाँसको झाडीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतक महिला शहिदनगर नगरपालिका– ३, यदुकुहा बजार निवासी रहेको बताइएको छ । शवको प्राकृतिक हेर्दा बलात्कारपछि हत्या गरी फालेको जस्तै देखिएको घटनास्थलमा पुगेका एक प्रहरीले जानकारी दिनुभयो ।

प्रहरी उपरीक्षक बसन्त रजौरेसहितको प्रहरी टोली तालिम प्राप्त कुकुर लिएर घटनास्थलमा पुगेको छ । प्रहरीले कुकुरको मद्दतबाट घटनामा संलग्नको खोजी गरिरहेको छ ।

मृतकको घरबाट केही दूरीमा रहेको स्कुलमा सोमबार राति मेला र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । मेलाकै मौका छोपेर उनको बलात्कार गरी हत्या भएको हुन सक्ने स्थानीयले बताए । मृतक महिलाका पनि चार वर्षदेखि वैदेशिक रोजगारीमा छन् । उनको एक ३ वर्षीय छोरी छिन् ।

Share your love