बसको ठक्करबाट एक बालकको ज्यान गयो, पृथ्वीराजमार्ग अवरुद्ध

काठमाण्डौ ( धादिङको गजुरीमा बसको ठक्करबाट एक बालकको ज्यान गएको छ । काठमाण्डौबाट गोरखाका लागि छुटेको रा १ ख ४५६५ नम्बरको बसले बिहान पौने १० बजे ठक्कर दिँदा धादिङको गजुरी गाउँपालिका(१ बैरेनीका दिलबहादुर नेपालीका ६ वर्षका छोरा विजयको ज्यान गएको प्रहरीले जनाएको छ । आदर्श माध्यमिक विद्यालयमा कक्षा १ मा …

सामाजिक सेवाको माध्यमबाट नै समाजमा रुपान्तरण सम्भव छः प्रधानमन्त्री देउवा

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रुपान्तरण ल्याउन सकिने बताउनुभएको छ ।समाज कल्याण परिषद्ले ४३औँ सामाजिक सेवा दिवसको अवसरमा काठमाण्डौमा गरेको कार्यक्रममा उहाँले नेपाल जस्तो विकासोन्मुख देशमा सामाजिक सेवाको माध्यमबाट नै ठूलो रुपान्तरण ल्याउन सकिने…

आज विश्व गैँडा दिवस मनाइँदै

काठमाण्डौ – आज विश्व गैँडा दिवस, संरक्षणको क्षेत्रमा काम गर्नेले विश्वभरि नै विभिन्न कार्यक्रम गरेर मनाइरहेका छन् । गैँडा संरक्षणको लागि भन्दै प्रकृतिको लागि विश्वव्यापी कोष डब्ल्यूडब्ल्यू एफले सन् २०१० देखि सेम्टेम्बर २२ तारिखमा यो दिवस मनाउने निर्णय गरेको हो । विश्वमा पाँच थरीका गैँडा भए पन…

फेरि बढ्यो सुन चाँदीको भाउ

काठमाण्डाै – सुन चाँदीको भाउ फेरि बढेको छ । आज तोलामा ५ सय रुपैयाँले बढेर सुनको भाउ ९१ हजार ८ सय रुपैयाँमा पुगेको छ । चाँदीकाे भाउ पनि आज तोलामा १५ रुपैयाँले बढे १ हजार १ सय ८५ रुपैयाँमा पुगेको छ ।

सेना परिचालन गर्ने पुटिनको आदेशपछि रुसमा प्रदर्शन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तीन लाख सेना परिचालन गर्ने घोषणा गरेपछि रुपमा प्रदर्शन भएको छ । प्रदर्शनमा सहभागी एक हजारभन्दा धेरैलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको रुसी मानवअधिकारवादी संस्था ओभिडी–इन्फोले जनाएको छ । जगेडा सैनिक परिचालनको आदेशपछि स्वदेशी तथा विदेशी नागरिकले रुस छोड्न थालेका छन…

नाइजर र नाइजेरियामा गरी ११ जना किसानको गोली हानेर हत्या

नाइजर र नाइजेरियामा गरी ११ जना किसानको गोली हानेर हत्या भएको छ । नाइजरका ९ जना र नाइजेरियाका २ जना किसानलाई गोली हानेर हत्या गरिएको समाचार संस्था एएफपीले जनाएको छ । हत्या गरिएका सबै ११ जना जङ्गलमा दाउरा काट्न गएका थिए । घटनामा जिहादी लडाकु समूहको संलग्नता रहेको खबरमा उल्लेख छ । घटना क्यामरून, चाड, …

आजको राशिफल -२०७९ साल असोज महिनाको ६ गते बिहिबार

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। अरूको फाइदाका लागि उपयोग भइनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। हिस्सेदारसँग असमझदारी बढे पनि नयाँ सम्झौता हुन सक्छ। स्थायी सम्पत्तिमा देखिएको विवाद सुल्झाउन सकिनेछ।…

नेपाली काँग्रेसले निर्वाचनका लागि घोषणापत्र तयार गर्दै

ललितपुर -नेपाली काँग्रेसले आगामी संघ र प्रदेशमा हुने निर्वाचनका लागि घोषणापत्र तयार गर्ने काम अगाडि बढाएको छ । समितिले बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपमा बैठक गर्दै घोषणापत्र तयार गर्ने कामलाई अगाडि बढाएको हो । काँग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गर…

संवैधानिक दायित्वबाट विचलित नहुन राष्ट्रपतिलाई प्रेस युनियनको आग्रह

नेपाल प्रेस युनियनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संवैधानिक दायित्वबाट विचलित नहुन आग्रह गरेको छ । नेपालको संविधान २०७२ले दिएको जिम्मेवारी प्रतिकूल हुने गरी राष्ट्रपतिले संसदले पठाएको नागरिकता विधेयक प्रमाणिकरण नगरेपछि युनियनले राष्ट्रपतिको ध्यानाकर्षण गराएको हो । नेपाल प्रेस युनियनका महासचिव द…

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ मा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने चुनावका लागि निर्वाचन आयोगले भोलि बिहीबार देखि अस्थायी मतदाता नामावली संकलन गर्ने भएको छ । अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधि सभा तर्फको समानुपातिक निर्वाचन प्रणाली तर्फमात्र मतदान गर्न पाउने व्यव…