विद्युत् कटौतीले बारा, पर्साका उपभोक्ता आजित

वीरगञ्ज –वीरगञ्ज लगायत बारा, पर्साका उपभोक्ताहरू लगातार विद्युत् कटौतीको समस्याले आजित भएका छन् । चर्को गर्मीबिच विद्युत् कटौती र कम भोल्टेजको समस्या भोग्नुपरेको स्थानीयको गुनासो छ । तुलनात्मक रूपमा वीरगञ्जमा भन्दा बारा, पर्साको ग्रामीण क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या रहेको छ । मुलुक लोडस…

विमानस्थलबाट पक्राउ परेका एक व्यक्तिलाई दिसा गराउँदा झन्डै एक किलो सुन निस्कियो

काठमाण्डौ – त्रिभुवन विमानस्थलबाट पक्राउ परेका एक व्यक्तिलाई दिसा गराउँदा झन्डै एक किलो सुन निस्किएको छ । हिजो बिहान फ्लाइ दुबईको उडानद्वारा दुबईबाट काठमाण्डौ आएका भारतीय नागरिक राहुल रेमानानलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो । शङ्का लागेर प्रहरीले पक्राउ गरी काठमाण्डौ मेडिकल कलेजमा…

प्रचण्ड र माधव नेपाल देउवाकाेमा कमलरी बस्न गए : भट्टराई

रामेछाप – नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकोमा कमलरी बस्न गएको आरोप लगाउनुभएको छ । प्रेस चौतारी नेपाल रामेछापले आइतवार रामेछापको सदरमुकाम मन्थलीमा गरेको पत्रकार भ…

भरतपुरको मुहार फेर्न दिन–रात खटिरहेका छौँ : रेनु दाहाल

चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरको मुहार फेर्न अहोरात्र ९दिन–रात० खटिरहेको बताउनुभएको छ । आइतवार भरतपुर १७ मा रहेको धावालिङ बौद्ध गुम्बामा निर्माण भएको मूर्तिको अनावरण गर्दै मेयर दाहालले भरतपुरको नागरिकको मुहारमा खुसी ल्याउने गरी अहोरात्र खटिरहेको उल्लेख गर्नुभयो । मेयर दाहालल…

शेयर बजार झन्डै ८ अङ्कले घट्यो, २ अर्ब ४ करोड रुपैयाँको कारोबार

काठमाण्डौ – हप्ताको पहिलो दिन आइतवार शेयर बजार घटेको छ । दिनभर घटबढ भइरहेको शेयर बजार परिसूचक नेप्से बन्द हुने बेलामा ७ दशमलव ७२ अङ्कले घटेर २ हजार ६० दशमलव ५५ विन्दुमा झरेको छ । आज बैंक, होटल, निर्जीवन बीमा र उत्पादन समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ । आज दुई सय १८ वटा कम्पनीको ५…

चिन्तनशील राजनीतिकर्मी गिरिको निधनबाट मर्माहत छु : केपी शर्मा ओली

काठमाण्डौ -प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिन्तनशील राजनीतिकर्मी एवम् कांग्रेस नेता प्रदीप गिरिको निधनबाट आफू मर्माहत भएको बताउनु भएको छ ।ओलीले गिरिप्रति श्रद्धाञ्जली दिँदै शोकाकुल परिवारमा समवेदना व्यक्त गर्नु भएको छ ।  

कांग्रेस नेता गिरिको शवयात्रा सातदोबाटो हुँदै आर्यघाटसम्म

काठमाण्डाै – नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरिको पार्थिव शरीर अन्त्येष्टिका लागि पार्टी कार्यालय सानेपाबाट शव यात्रासहित पशुपति लगिन थालिएकाे छ । शवयात्रा सानेपा, सातदोबाटो, कोटेश्वर, एयरपोर्ट हुँदै गौशाला भएर पशुपति आर्यघाट पुग्ने पार्टी कार्यालयले जनाएको छ । आर्यघाटमा प्रधानमन्त्री एवम् …

प्रदीप गिरिप्रति प्रधानमन्त्रीसहित नेताद्वारा श्रद्धाञ्जली (तस्बिरहरू)

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका स्व. नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएकाे छ । आज आइतवार सानेपामा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा प्रधानमन्त्री देउवाले गिरिप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएकाे हाे । गिरिलाई श्रद्धाञ्जली अर्पण गर्न नेकपा (माओवा…

कांग्रेस नेता गिरिकाे निधनमा बिहारका मुख्यमन्त्री नीतीश कुमारद्वारा श्रद्धाञ्जली

काठमाण्डाै – भारतको बिहार राज्यका मुख्यमन्त्री नीतीश कुमारले नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिलाई श्रद्धाञ्जली दिनुभएको छ । आज आइतवार ट्वीट गर्दै नीतीश कुमारले गिरि नेपाली राजनीतिका दार्शनिक र समाजवादी विचार भएको उल्लेख गर्नुभएको छ । गिरिले सबै विचारधारा र सबै दलबाट आदर, सम्मान प्राप्त ग…

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज तीन वटा खेल हुँदै

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा बेलुका पौने ७ बजे चेल्सी र लिड्स युनाइटेड तथा वेस्ट ह्याम र ब्राइटन खेल्दैछन् । २ खेलमा ४ अङ्क जोडेको चेल्सी आठौँ र लिड्स युनाइटेड सातौँ स्थानमा छन् । चेल्सी अघिल्लो खेलमा टोटनह्यामसँग बराबरीमा रोकिएको थि…