कांग्रेस नेता गिरिकाे निधनमा बिहारका मुख्यमन्त्री नीतीश कुमारद्वारा श्रद्धाञ्जली

काठमाण्डाै – भारतको बिहार राज्यका मुख्यमन्त्री नीतीश कुमारले नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिलाई श्रद्धाञ्जली दिनुभएको छ ।

आज आइतवार ट्वीट गर्दै नीतीश कुमारले गिरि नेपाली राजनीतिका दार्शनिक र समाजवादी विचार भएको उल्लेख गर्नुभएको छ । गिरिले सबै विचारधारा र सबै दलबाट आदर, सम्मान प्राप्त गरेको भन्दै मुख्यमन्त्री नीतीश कुमारले उहाँको आत्माले शान्ति पाओस् भनेर कामना गर्नुभएको छ ।

Share your love