प्रदीप गिरिप्रति प्रधानमन्त्रीसहित नेताद्वारा श्रद्धाञ्जली (तस्बिरहरू)

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका स्व. नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएकाे छ ।

आज आइतवार सानेपामा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा प्रधानमन्त्री देउवाले गिरिप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएकाे हाे ।

गिरिलाई श्रद्धाञ्जली अर्पण गर्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र कांग्रेससहितका नेताहरू सानेपा पुगेका हुन् । आजै गिरिकाे अन्त्येष्टि गरिने कांग्रेसले जनाएको छ ।

७५ वर्षीय गिरिको उपचारका क्रममा नेपाल मेडिसिटी अस्पतालमा शनिवार राति साढे ९ बजे निधन भएको हो । उहाँ लामो समयदेखि घाँटीको क्यान्सरबाट पीडित हुनुहुन्थ्याे ।

तस्बिर : रासस

 

Share your love