जनकपुरमा जलिरहेको युवतीको शव बरामद
धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ पुलचोकमा रेल्वे लिक नजिक पोखरी डिलमा बुधबार राति २३ वर्षीय युवतीको शव जलिरहको अवस्थामा प्रहरीले बरामद गरेको हो ।
शव महोत्तरीको मनरासिसा नगरपालिका-२ कि २३ वर्षीया मप्रियंका महतोको रहेको डीएसपी अवाले बताए ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
उनको हत्या गरेर शव जलाएको हुन सक्ने आशंका प्रहरीको छ । यद्यपि पोस्टमार्टम रिपोर्ट र थप अनुसान्धानपश्चात् मात्रै भन्न सकिने डीएसपी अवाले बताए ।