देश बनाउने युवा हुन्, सुहाङलाई जिताउनुस् : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार सुहाङ नेम्वाङलाई मतदान गर्न आह्वान गर्नुभएको छ । बुधबार इलामको मंगलवारे बजारमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले देश बनाउने संकल्प बोकेर हिँडेका सुहाङ इलामेली जनताको साझा उम्मेदवार भएकाले उसैलाई जिताउनुपर्ने बताउनुभएको हो ।

अध्यक्ष ओलीले देश बनाउने योजना, गन्तव्य र उद्देश्य सुहाङसँग रहेको र त्यसलाई साकार पार्ने एमाले पार्टी भएको जिकिर पनि गर्नुभयो । सुहाङले इलाम बनाउने अवसरको रुपमा सांसद पदलाई उपयोग गर्न चाहेकाले पनि इलामेली जनताले मतदान गरेर निर्वाचनमा अत्याधिक मतका साथ विजयी गराउनुपर्ने उहाँको भनाई थियो ।

अध्यक्ष ओलीले अन्य दलका उम्मेदवारमा देश बनाउने योजना र संकल्प दुवै नभएको दावी समेत गर्नुभयो ।

Share your love

Leave a Reply

Your email address will not be published. Required fields are marked *