कांग्रेसको विश्लेषण : इलाममा आफ्नो भोट बचाउन सके चुनाव जित्छौं
उपनिर्वाचनमा पार्टी एक ढिक्का भएर व्यापक रुपमा परिचालित भएको सुनाउँदै खड्काले आफ्नो मत जोगाउन सके चुनावको परिणाम आफूहरुको पक्षमा आउने बताएका थिए । ‘कांग्रेसको मत बचाउन सके हामीले चुनाव जित्छौं । भोट जोगाउन पार्टी भित्रका सबै फ्याक्टर मिल्न पर्यो । अहिले मिलेको देखिन्छ,’ खड्काको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी शीर्ष तहका एक नेताले भने ।
महामन्त्री विश्वप्रकाश शर्मालाई कांग्रेसले इलाम–२ को चुनावी परिचालनको संयोजक बनाएको छ । उम्मेदवारी दर्तादेखि नै शर्मा चुनावी क्षेत्रमा क्रियाशील छन् । दुई महामन्त्रीले सम्बोधन गर्ने गरी कांग्रेसले शनिबार चुनावी सभा राखेको छ । नेता शेखर कोइराला र उपसभापति धनराज गुरुङ चुनावी कार्यक्रमको सिलसिलामा इलाम पुगिसकेका छन् ।