निवर्तमान उपसभामुख र सांसदले सेवा सुविधा बापत लिएका सामग्री फिर्ता गरेनन्

सुदूरपश्चिम प्रदेश सभाका निवर्तमान उपसभामुखदेखि सांसदहरुले सरकारी सेवा सुविधा बापत लिएका विभिन्न सामग्री फिर्ता गरेका छैनन् ।

प्रदेश उपसभामुख निर्मला बडाल जोशीले सरकारी निवासबाट लगेका सामान फिर्ता गर्नुभएकाे छैनन् । अन्य १८ जना पूर्व सांसदहरुले लिएको ल्यापटप सुविधा फिर्ता गरेका छैनन् । प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन भएको मितिबाटै कार्यकाल सकिएका उनीहरुले त्यसको एक साताभित्र सामान फिर्ता गर्नुपर्ने थियो ।

सामान फिर्ता नगरेपछि प्रदेश सभाको सचिवालयले पत्र काट्दा पनि उनीहरुले सरकारी सामान फिर्ता गर्न अटेर गरेका हुन । निवर्तमान उपसभामुख निर्मला बडाल जोशीले निवासमा उपलब्ध गराईएका सबै सामान घर लगेको र अहिलेसम्म फिर्ता नगरेको प्रदेश सभा सचिवालयलका सूचना अधिकारी युवराज जैशीले जानकारी दिनुभयो ।

५ वर्ष प्रदेशको उच्च ओहाेदामा बसेका सांसदहरुले सुविधा बापत पाएका सामान समेत फिर्ता नगरेपछि जनतामा आक्रोश बढेको छ ।

Share your love