मधेस प्रदेशमा एकै परिवारका तीन जना संसदमा

मधेस प्रदेशमा फरक पार्टीबाट एकै परिवारका तीन सदस्य प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित भएका छन्।

नेकपा एमालेको तर्फबाट धनुषा-४ मा रघुवीर महासेठ, धनुषा-३ मा उनको श्रीमती जुलीकुमारी महतो निर्वाचित भएका हुन्। यस्तै, जनता समाजवादी पार्टीबाट सिरहा-४ मा रघुवीरका जेठान वीरेन्द्रप्रसाद महतो निर्वाचित भएका छन्।

एमालेबाट चुनाव लडेका एमाले सचिव रघुवीर महासेठले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई पराजित गर्दै निर्वाचित भएका हुन्।

महासेठ १२४ मतान्तरले निर्वाचित भएका हुन्। उनले ३२ हजार २३६ मत ल्याए भने यादवले ३२ हजार ११२ मत प्राप्त गरे।

यस्तै, महासेठका श्रीमती जुलीकुमारी महतोले लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का अनिल झालाई पराजित गर्दै प्रतिनिधसभा सदस्यमा निर्वाचित भएकी हुन्।

पूर्वमन्त्रीसमेत रहेकी एमालेकी महतोले ३३ हजार ३८८ ल्याएर निर्वाचित हुँदा झाले २३ हजार ६८६ मत ल्याए।

यस्तै, जुलीका दाजु वीरेन्द्रप्रसाद महतोले जनमत पार्टीका वीरेन्द्रप्रसाद साहलाई पराजित गरे।

महतोले २४ हजार १०२ मत ल्याउँदा साहले १६ हजार २९४ मत ल्याए।

Share your love