बारामा ५० हजारभन्दा बढी मत बदर

बाराको चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम अनुसार ५० हजारभन्दा बढी मत बदर देखिएको छ । जिल्ला निर्वाचन कार्यालयको अन्तिम मतपरिणाममा प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक दुवै तर्फ ५० हजार दुई सय ७७ मत बदर देखिएको छ ।

निर्वाचन कार्यालय बाराले उपलब्ध गराएको मतपरिणाम अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फ बारा क्षेत्र नं. १ मा १० हजार चार सय ७३, क्षेत्र नं. २ मा १३ हजार तीन सय ४२, क्षेत्र नं. ३ मा १२ हजार ९ सय ३२ र क्षेत्र नं. ४ मा १३ हजार पाँच सय ३० मत बदर देखिन्छ । चार निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मत क्षेत्र नं. ४ मा बदर भएको देखिएको छ ।

चार लाख ३३ हजार ५०४ कूल मतदाता रहेको बारामा मंसिर ४ गते भएको निर्वाचनमा प्रत्यक्षतर्फ दुई लाख ८७ हजार दुई सय १९ मत खसेको थियो। खसेको मतमध्ये दुई लाख ७४ हजार ६ सय ५२ मतमात्रै सदर भएको छ । यति बढी संख्यामा मत बदर हुनु भनेको मतदाता शिक्षा प्रभावकारी नभएको बुद्धिजिवीहरुको भनाई छ ।

Share your love