हेटौंडाको टीसीएन तरकारी बजारमा आगलागी
हेटौंडा उपमहानगरपालिका –१० स्थित मुख्य बजार क्षेत्र टीसीएनमा रहेको तरकारी बजारमा आगलागी भएको छ ।
मीना साहले सञ्चालन गर्दै आएको होटलबाट सल्किएको आगोले तरकारी बजारमा फैलिँदा लाखौं रुपैयाँको सामान नष्ट भएको छ । तरकारी बजारका होटलमा ग्यासका सिलिण्डर पनि भएको र ती सिलिन्डर पड्किँदा आगो निभाउन समस्या भएको प्रहरीले जनाएको छ ।
तरकारी बजारमा टिन र काठले बनाइएका छाप्रा रहेकाले पनि आगो छिटो फैलिएको थियो ।