मधेस प्रदेश : मुख्यमन्त्रीका लागि जसपाले आज दाबी पेस गर्ने
सोमवार दलको नेतामा सरोज यादव चयन भइसकेकाले आब दाबी पेस गरिने छ । मधेस प्रदेशको मुख्यमन्त्री जसपाको कोटामा परेकाले आउँदाे मुख्यमन्त्री सरोज नै हुने जसपाले जनाएको छ।
जसपा मधेस प्रदेशका अध्यक्ष रामबाबु यादवले प्रदेश प्रमुखले दिएको अन्तिम समय अगावै मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्ने बताउनु भयाे । सरकार गठनका लागि मधेस प्रदेशमा १६ जना सभासदसहित तेस्रो वरियतामा रहेको जसपालाई नेकपा माओवादीको २३ जना सभासद, जनमत पार्टीको १३ जना सभासद, माओवादी केन्द्रका ८ जना सभासद , राष्ट्रिय प्रजातन्त्र पार्टी र उन्मुक्ति पार्टीका १/१ जनासहित कुल ६० जना सभासदको समर्थन रहने अध्यक्ष यादवले जनाउनुभयाे।
मधेस प्रदेशमा कुल १ सय ७ सभासद रहेका छन् । मुख्यमन्त्रीको शपथ ग्रहण पुस २९ गते हुने उहाँले बताउनु भयाे । प्रदेश प्रमुखले पुस २८ गतेभित्र २ वा त्यसभन्दा बढी दल मिलेर सरकार बनाउन आह्वान गरेका छन् । मन्त्रीमण्डल गठनबारे टुङ्गो लागि नसकेको उल्लेख गर्दै उहाँले मुख्यमन्त्रीको शपथ ग्रहणमा केही मन्त्रीहरुको पनि शपथ हुने बताउनु भएकाे छ । त्यसका लागि प्रयास भइरहेको उहाँले बताउनु भयाे ।