कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने, सरकारमा सहभागी नहुने

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले सरकारमा सहभागी नहुने तर विश्वासको मत दिने निर्णय गरेको हो ।

कांग्रेसले समेत विश्वासको मत दिँदा प्रधानमन्त्री प्रचण्डले कम्तीमा दुई सय ६९ सांसदको समर्थन पाउने हुने भएको छ । लामो रस्साकस्सीपछि कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

विश्वासको मत दिने/नदिने निर्णय गर्न कांग्रेस बिहानैदेखि छलफलमा थियो । यस्तै कांग्रेसकै आग्रहमा बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक दिउँसो १ बजेका लागि सारिएको थियो ।

 

Share your love