हुण्डी कारोबारको आरोपमा वीरगंजबाट एक जना पक्राउ

१२ लाख २० हजार रकमसहित हुण्डी कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले वीरगञ्जबाटपक्राउ गरेको छ।प्रहरीले हुण्डी कारोबारको आरोपमा वीरगञ्ज–१७ अलौ बस्ने १९ बर्षिय राजन कुमार साहलाई पक्राउ गरेको हो।

वीरगञ्ज–२५ सिर्सिया स्थित सडक खण्डमा बीआर ०५ ए ई ३५५६ नम्बरको भारतीय मोटरसाइकलमा आउँदै गरेका साहले लगाएको हेल्मेटभित्रबाट स्रोत नखुलेको १२ लाख २० हजार रुपैयाँ बरामद गरेको पर्साका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। पक्राउ परेका उनलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान भइरहेको गिरीले बताए।

Share your love