प्रतिनिधि सभाको बैठक १ बजेसम्मका लागि सर्‍याे

प्रतिनिधि सभाको बैठक दिउँसो १ बज‍ेसम्मका लागि सरेको छ । नेपाली कांग्रेसको आग्रहमा प्रतिनिधि सभाको बैठक  सारिएको बुझिएको छ । अहिले विश्वास मत दिने नदिने विषयमा कांग्रेस छलफलमा छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा कांग्रेसभित्र विवाद छ । कांग्रेसमा प्रचण्डलाई विश्वासको मत दिने र दिन हुँदैन भन्ने दुवै धार देखिएको छ । विश्वासको मत दिनुपर्ने पक्षमा संस्थापन पक्ष छ । इतर समूह भने प्रतिपक्षमा बस्नुपर्ने अडानमा छ ।

प्रधानमन्त्री प्रचण्डले हिजो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर विश्वासको मत दिन आग्रह गर्नु भएको थियो । देउवाले सकारात्मक प्रतिक्रिया दिनु भएको थियो ।

Share your love