२५ अर्ब भारु तिरेर आईपीएलको मुख्य प्रायोजक टाटा समूह बन्यो

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको पाँच वर्षको शीर्ष प्रायोजनको अधिकार टाटा समूहले पाएको छ । यसै वर्ष अर्थात् सन् २०२४ देखि २०२८ सम्मको आईपीएलको मुख्य प्रायोजनको सम्झौतामा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआई र टाटा समूहबीच सम्झौता भएको छ ।

शीर्ष प्रायोजनबापत पाँच वर्षमा टाटाले आईपीएललाई २५ अर्ब भारु  बुझाउनेछ । यो प्रायोजनको रकम अहिलेसम्मकै धेरै भएको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघिका दुई वटा संस्करणमा पनि टाटाले नै शीर्ष प्रायोजन गरेको थियो ।

आईपीएलका अध्यक्ष अरुणसिंह धुमालले कीर्तिमानी रकमको प्रायोजन सम्झौताले आईपीएललाई थप उचाइमा पुर्याएको बताउनुभएको छ ।  सन् २०२४ को आईपीएल आउँदो मार्च महिनादेखि हुने सम्भावना छ।

 

Share your love