चीनको एक विद्यालयमा आगलागी हुँदा १३ जनाको ज्यान गयो

चीनको हेनान प्रान्तको एक विद्यालयमा आगलागी हुँदा १३ जनाको ज्यान गएको छ । हेनान प्रान्तको याङसाम्फु गाउँमा सञ्चालित प्राइमरी र नर्सरी स्कुलमा गएराति आगलागी भएको हो ।

आगलागीमा परि ज्यान गुमाएकाहरुको पहिचान खुल्न बाँकी रहेको बीबीसी हिन्दीले जनाएको छ । आगलागीमा परि घाइते भएका एक जनाको उपचार भइरहेको छ।

चीनको समाचार संस्था शिन्हुआले विद्यालयका सञ्चालकलाई पक्राउ गरी आगलागीको घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ । यसअघि गएको नोभेम्बर २६ मा चीनको शान्सी प्रान्तको एक कारखानामा आगलागी हुँदा २६ जनाको ज्यान गएको थियो ।

Share your love