सवारी दुर्घटनामा परि पर्सामा ३९ जनाको मृत्यु

पर्सामा ९ महिनाको अवधिमा सवारी दुर्घटनामा परि ३९ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार चालु आर्थिको बर्ष २०८०/०८१ को श्रावनदेखि चैत्रसम्म ९ महिनामा ५ सय २९ सवारी दुर्घटनामा परि ३९ जनाको मृत्यु भएको हो भने ६५ जना गम्भीर र ४६१ जना सामान्य  घाईते भएका हुन् ।

पर्साका ट्राफिक प्रहरी निरीक्षक भाष्करराज खतिवडाका अनुसार पछिल्लो ९ महिनामा सबै भन्दा बढी ३७४ वटा मोटरसाईकल दुर्घटना भएको छ । उक्त अवधिमा ट्राफिक नियमको उल्लंघन गर्नेबाट १ करोड ८७ लाख भन्दा बढी राजश्व संकलन समेट भएको प्रहरी निरीक्षक खतिवडाले जानकारी गराउनुभएको हो ।

९ महिनामा ट्राफिक नियम उल्लंघन गरेका १८ हजार ४ सय ८२ सवारी साधन कारबाहीमा परेको र जरीबाना बापत १ करोड ८७ लाख ७९ हजार ७ सय ५६ रुपैयाँ राजश्व संकलन भएको ट्राफिक प्रहरी निरीक्षक खतिवडाले जानकारी दिनुभयो  । कारबाहीमा पर्ने सवारीसाधन मध्ये सबैभन्दा बढी ८ हजार ३ सय २० वटा मोटरसाइकल रहेको पनि उहाँले बताउनुभयो  ।

Share your love

Leave a Reply

Your email address will not be published. Required fields are marked *