करेन्ट लागेर बारामा एक युवकको ज्यान गयो 

करेन्ट लागेर बारामा एक युवकको ज्यान गएको छ । ज्यान जानेमा जिल्लाको सिम्रौनगढ़ नगरपालिका वडा नम्बर १० देवापुर टेटाका २५ बर्षीय काशीराज यादव रहेका छन ।

खेत सिंचाईको लागी विद्युतीय मोटरबाट पानि निकाल्नको लागी तर जोड्ने क्रममा करेन्ट लागेर उनको ज्यान गएको बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो ।

प्रहरी प्रवक्ता न्यौपानेका अनुसार बुधबार राति यादव चैते धान खेतीमा सिंचाई गर्नको लागी विद्युतीय मोटरमा तार जोड्ने क्रममा करेन्ट लगेर गम्भीर घाईते भएका थिए । घाईते यादवलाई उपचारको सदरमुकाम कलैया लैजाने क्रममा बाटोमै ज्यान गएको हो ।

Share your love

Leave a Reply

Your email address will not be published. Required fields are marked *