सर्लाहीमा पोखरिमा डुबेर बालिकाको मृत्यु

सर्लाहीको कबिलासी नगरपालिका–४ जमुनियामा नुहाउन गएकी बालिकाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा जमुनिया बस्ने ८ वर्षीया सीता कुमारी पासवान छन् ।

पोखरीमा नुहाउन जाँदा डुबेकी सीतालाई स्थानीयले प्राथमिक स्वास्थ्य केन्द्रमा लगेका थिए । उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र जमुनियाका चिकित्सकले बालिकालाई मृत घोषणा गरेका हुन् ।

Share your love