प्रधानमन्त्री देउवाले दिए बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतको प्रधानमन्त्रीमा निर्वाचित सुनकलाई बधाई दिनुभएकाे छ ।

संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीका नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित भएकामा पूर्वअर्थमन्त्री सुनकलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिनुभएकाे हाे ।

प्रधानमन्त्री देउवाले आज मंगलबार सामाजिक सञ्जाल ट्विटरमार्फत उनलाई यो महत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै बधाई दिनुभएकाे हाे ।

लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अगाडि बढाउन काम गर्न आफू तत्पर रहेको उहाँले ट्विटरमा उल्लेख गर्नुभएकाे छ ।

बेलायतका प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयन हुन लागेको हो ।

Share your love