सरकार आम नेपालीहरुको जीवन रक्षाका लागि प्रतिवद्ध छ – गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान सरकार आम नेपालीहरुको जीवन रक्षाका लागि प्रतिवद्ध रहेको बताउनुभएको छ ।आइतबार काठमाडौंमा आयोजित आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले हरेकको जन्म राम्रा कामका लागि हुने भन्दै आत्महत्याको बाटो कसैले रोज्नु नहुने बताउनुभयो । उहाँले नेपाल प्रहरीले पनि आम नागरिकको जनधनको रक्षाका लागि र शान्ति सुरक्षाको लागि प्रतिवद्धतापूर्वक काम गर्न उल्लेख गर्नुभयो । गृहमन्त्री खाँणले हरेक मानिसले सबैभन्दा पहिला आफ्नो जीवन र समाजको रक्षा गर्न सक्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नेपालमा आत्महत्या सम्बन्धित तथ्यांक दिन प्रतिदिन बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले आर्थिक वर्ष २०७७र०७८ मा कोभिडको बेलामा ९ हजार ४०९ जनालाई कोभिडका कारणले गुमाएको र सोही अवधिमा ७ हजार १४१ जनाले आत्महत्या गरेको तथ्यांक बाहिरिएको बताउनुभयो ।

उहाँले कोरानाले आक्रान्त बनाएको बेलामा कोभिडका कारण भन्दापनि आत्महत्याका कारण ज्यान गुमाउनेको संख्या धेरै भएको बताउनुभयो । कार्यक्रममा महान्यायाधिवक्ता खम्मबहादुर खातीले नेपालमा आत्महत्या गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै समस्या समाधानको पहिचान गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले समाजका घटनालाई नजिकबाट नियाल्न र समाजमा फैलिरहेका विकृति, विसंगतितर्फ राज्यको ध्यान जान आवश्यक भएको बताउनु भयो ।

Share your love