ब्राउन सुगरसहित दम्पती पक्राउ

नेपालगञ्ज – कोहलपुर प्रहरीले ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले कोहलपुर नगरपालिका– १२ चप्परगौडीबाट एक दम्पतीसहित तीन जनालाई २६ ग्राम ४ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी एनबहादुर मल्लका अनुसार रूद्रबहादुर कार्की, उनकी श्रीमती एशोदा कार्की र मनोज गिरीलाई पक्राउ गरिएको छ । कार्कीको घरबाट ब्राउनसुगर तौलिने तराजुसमेत बरामद भएकाले उनी कारोबारी भएको आशंका गरिएको छ ।

Share your love