बालिका बलात्कारको आरोपमा युवक पक्राउ

भक्तपुरमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । दोलखाको शैलुङ गाउँपालिका(७ का १९ वर्षका अशोक भन्ने अनिश भुजेल १३ वर्षकी बालिका बलात्कारको आरोपमा पक्राउ परेका हुन् ।

भुजेलले आफू काम गर्ने भक्तपुर नगरपालिका- १ दुधपाटीको मम एण्ड पिज्जा हाउसमा बोलाई बालिकालाई विभिन्न प्रलोभनमा पारी जबर्जस्ती करणी गरेको उजुरी प्रहरीसमक्ष परेको थियो ।

त्यसपछि युवकलाई ललितपुर महानगरपालिका-९ भुलढोकाबाट पक्राउ गरी ल्याएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

Share your love