सरकारले सूचना प्रविधिमार्फत आर्थिक कारोबारलाई भरपर्दो बनाउनुपर्छ : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सूचना प्रविधि (आईटी) क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी रहेको बताउनुभएको छ ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आज काठमाण्डाैमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले कारोबारहरूलाई अनलाइन माध्यमबाट गर्नसके कारोबार पारदर्शी हुने र सहज हिसाबले काम गर्ने वातावरण बन्ने जिकिर गर्नुभयो ।

उहाँले आईटी क्षेत्रलाई लगानी सम्मेलनमा प्राथमिकताका साथ लिइएको भन्दै नेपालमा लगानीको सम्भावना भएका क्षेत्रहरूमा आईटी पनि मुख्य लगानीको क्षेत्र बनेको बताउनुभयो । उहाँले आईटीको क्षेत्र कतिपय पूर्वाधार, ठूलो लगानी नभइकन विदेशी मुद्रा भित्र्याउनसक्ने सम्भावना रहेको क्षेत्र भएको बताउनुभयो ।

डिजिटल हस्ताक्षरलाई कार्यान्वनममा ल्याउन पनि आवश्यक रहेको अध्यक्ष ढकालकाे भनाइ छ ।

Share your love