वेस्ट इन्डिज ‘ए’ले नेपाललाई दियो २१० रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’विरुद्ध टी–ट्वान्टी शृंखलाको चौथो खेलमा नेपालले २१० रनको लक्ष्य पाएको छ ।काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २०९ रन चाल्र्सले ५८ र फाबियन एलनले ३३ रन जोडे । नेपालका कुशल भुर्तेलले दुई तथा प्रतिश जिसीले एक विकेट लिए ।

नेपाल आजको खेल जित्दै शृंखलामा बराबरी गर्ने योजनामा रहँदा वेष्ट इन्डिज एक खेल अगावै शृंखला कब्जा गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ । शृखला उपाधि रक्षाका लागि नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ ।

पाँच खेलको शृंखला अन्तर्गत यसअघिका तीन खेलमा वेष्ट इन्डिजले दुई तथा नेपालले एक खेल जितेको छ । समग्रमा नेपाल २–१ ले पछाडि छ । शृंखलाको पाँचौँ तथा अन्तिम खेल शनिबार हुने छ ।

Share your love