सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढ्यो

काठमाण्डौ – आज सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा एक लाख ३६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ३४ हजार पाँच सय रुपैयाँ रहेको थियो । केही दिनयता सुनको भाउमा उतारचढाव भइरहेको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर आज एक हजार छ सय ४५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।

Share your love