सप्तरीमा आगोमा जलेर एकजनाको मृत्यु

सप्तरीमा आगोमा जलेर एकजनाको मृत्यु भएको छ ।

लामखुट्टे धपाउन गोठघरमा बालिएको आगो सल्किँदा गोमटै आगो लागेपछि जलेर सप्तरीको बोदे बरसाइन नगरपालिका ४ मा ८० वर्षीय मुक्ति राउतको मृत्यु भएको हो ।

प्रहरीका अनुसार घुरबाट गोठघरमा आगो सल्किँदा वृद्ध राउत गोठमै रहेको बाकसमाथि सुतिरहेका थिए ।

आगलागी भएको बेला सुतिरहेका उनले आगो लागेको थाहा पाएपछि निस्किन नसक्दा ज्यान गएको स्थानीयले बताए । उनलाई आगोबाट निकाल्न खोज्दा २५ वर्षीय नातीको हात जलेको छ ।

Share your love