लगातार २ दिन बढेकाे शेयर बजार आज झन्डै १२ अङ्कले घट्याे

लगातार दुई दिन बढेकाे शेयर बजार आज (बुधवार) भने घटेकाे छ । अस्ति (साेमवार) ५६ र हिजाे (मङ्गलवार) ५९ अङ्कले बढेकाे शेयर बजार परिसूचक नेप्से आज भने ११ दशमलव ८१ अङ्कले घटेर एक हजार नाै सय ७२ दशमलव १५ विन्दुमा झरेकाे छ ।

आज फाइनान्स, जलविद्युत्, बीमा र म्युचल फन्ड समूहबाहेक सबै समूहकाे शेयर घटेकाेमा हाेटल तथा पर्यटन, माइक्राेफाइनान्स र विकास बैंक समूहकाे शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ ।

शेयर बजारसँगै आज काराेबार रकम पनि घटेकाे छ । दुई सय ५७ वटा कम्पनीका ६५ लाख ३० हजार कित्ता शेयर दुई अर्ब १५ कराेड रुपैयाँमा काराेबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंककाे आठ कराेड ८५ लाख रुपैयाँ बराबरकाे शेयर किनबेच भयाे ।

आज माहुली लघुवित्त वित्तीय संस्थाकाे शेयर सबैभन्दा धेरै पाँच दशमलव २० प्रतिशतले घटेकाे छ । समग्रमा बजार घटे पनि सेन्ट्रल फाइनान्स, प्रभु लाइफ इन्सुरेन्स, धाैलागरिरि लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था र सृजनशील लघुवित्त वित्तीय संस्थाकाे शेयर १० प्रतिशतले बढेकाे छ ।

 

Share your love