फिरौतीको रकम नपाउदा विद्यार्थीको हत्या गर्ने शिक्षकसहित २ जना पक्राउ

वीरगंज – आफुले नै पढाउदै आएको विद्यार्थीलाई अपहरण गरेर हत्या गरेको आरोपमा एक संस्थागत विद्यालयका शिक्षक सहित दुईजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वीरगंज महानगरपालिका वडा नम्बर २५ सिर्सिया खल्वा टोल बस्ने श्रीमान पासवानका १४ बर्षिया निरज पासवानको अपहर गरी हत्या गरेको आरोपमा वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौंनका २८ बर्षीय कृष्णा भन्ने श्याम प्रसाद यादव र पर्साको धोबिनी गाउँपालिका वडा नम्बर १ घोडदौलपिप्रा बस्ने ३० बर्षीय दिलिप कुमार पटेललाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक कोमल साहलले बताउनुभयो ।

वीरगंज महानगरपालिका वडा नम्बर २५ सिर्सिया मै रहेको रुकुल ईगलिश बोर्डिंग स्कुलको कक्षा ८ मा अध्यनरत १४ बर्षीय निरज पासवानलाई त्यही स्कुलमा गणित बिषय पढाउने अभियुक्त ३० बर्षीय दिलिप कुमार पटेलले झन्डै १ महिना अगाडी अपहरण गरेका थिए ।

पुष ५ गते सम्पर्कविहिन भएका निरज पासवान अबेर राति सम्म घर नफर्किए पछी मृतकबाले छोराको खोजतलास गर्नको लागी गत पुष ६ गते वडा प्रहरी कार्यालय विर्तामा उजुरी दिनुभएको थियो ।

त्यसको ४/५ दिन पछि अपरिचित व्यक्तिले पासवानको मोबाईलमा फोन गरेर ५० लाख रुपैया फिरौती मागेका थिए । अपरिचित फोन गरेर फिरौती मागे पछी आफ्ना छोरा अपहरणमा परेको भन्दै मृतकका बुवा श्रीमान पासवानले प्रहरीलाई जनाकारी गराउनुभएको थियो ।

प्रहरीले अपहरणको आशंकामा कृष्णा भन्ने श्याम प्रसाद यादव र गुरुकुल ईन्गलिश बोर्डिंग स्कुलमा गणित बिषय पढाउदै आएका ३० दिलिप कुमार पटेललाई पक्राउ गरी अनुसन्धान अगाडी बढाएका थिए ।

पक्राउ परेका यादव र पटेलको वयानको आधारमा प्रहरीले पुष १० गते हत्या गरी सेप्टी ट्यांकीमा लुकाएर लाखिएको अवस्थमा १४ बर्षीय बालक निरजको शव प्रहरीले फेला पारेका थिए ।

जिल्ल प्रहरी कार्यालय पर्साले बुधबार पत्रकार समेलन गरेर दिएको जनाकारी अनुसार अभियुक दुबै जनाले निरजको हात खुट्टा बाँधेर घाँटी थिची हत्या गरेर शव सेप्टी त्याकिमा लुकाएका थिए ।

प्रहरीले त्यही सेप्टी ट्यांकीबाट मृतक बालकको शव बरामद गरेका थिए ।

हत्या आरोप यादव र पटेल आर्थी रुपले कमजोर रहेको हुदा आर्थिक लाभ उठाउनको निरजको अपहरण गरेका थिए तर निरजका बुवा तत्काल उनीहरुलाई फिरौती रुपैया दिन नसक्दा बालकलाई जिवितै छोड्दा घटना बाहिर आउने र आफुहरु समातिने डरले बालकको हत्या गरेको देखिन्छ ।

मृतकका बुवा श्रीमान पासवान वीरगंजको मिना बजारमा मासुको पसल सञ्चालान गर्दै आउनुभएको छ । तर अभियुकहरुले मासुको पैसा मात्र हूईन उनीहरुले सुखा बन्दरगाह सिर्सियामा परेको पासवानको जघाको मुआबजा समेत हात पार्नको लागी बालकको अपहरण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी उपरीक्षक कोमल साहले बताउनुभयो ।

घटनामा संलग्न अन्य व्यक्ति माथि समेत प्रहरीले निगरानी बढाएको र पक्राउ परेका दुई जनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

Share your love