सन्दीप लामिछाने: विश्वचर्चित प्रतियोगितादेखि पुलिस हतकडीसम्म

सम्भवत, नेपाली खेलकुद क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा छोटो समयमै सर्वाधिक चर्चा कसैले पायो भने सन्दीप लामिछानेकै नाम शीर्ष स्थानमा आउँछ। खेलाडी मात्र यस्तो एउटा मानक हो जसले अन्तर्राष्ट्रिय एरेनामा पाउने हरेक सफलता देशभित्र मात्र हैन देश बाहिर पनि उतिकै चर्चा हुन्छ। अनि उसका हरेक सफलताको समानमा लाखौँ समर्थक नतमस्तक हुन्छन्।

नेपाली खेलकुद क्षेत्रमा सीमित मात्रै त्यस्ता खेलाडी छन्। जसले अन्तर्राष्ट्रिय स्तरमा नेपालभन्दा बाहिर पनि समर्थक कमाएका छन्। तीनै थोरै खेलाडीका सूचीमा पर्छन् २२ वर्षीय सन्दीप लामिछाने। लामिछानेले विश्व क्रिकेटमा सर्वाधिक छोटो समयमा धेरै सफलता हात पार्ने सीमित क्रिकेटरमा पर्छन्। उनले हरेक क्रिकेटरको सपनाका रुपमा रहने इन्डियन प्रिमियर लिगदेखि अन्य टेस्ट राष्ट्रका चर्चित प्रतियोगिता सम्ममा आफूलाई उभ्याउन ६ वर्षको समयनै पर्याप्त बन्यो। तर उनी जसरी शिखरमा पुगे उनीमाथि लागेको किशोरी बलात्कारको आरोपले सबै सफलता माथि अहिले पर्दा लागेको छ।

पहिले बाजागाजा र फूलमालाको सम्मान अहिले हतकडी
नेपाली क्रिकेटरले हरेक अन्तर्राष्ट्रिय सफलतापछि स्वदेश फर्किँदा त्रिभुवन विमानस्थलमा सयौँ समर्थक बाजागाजासहित एयरपोर्ट पुग्ने गर्थे। खादा र मालाको सामानसहित स्वदेश फर्किँदाको गौरवपूर्ण अनुभव पछिल्लो समय सन्दीपले जति कसैले पनि भोगेका छैन।

तीनै सन्दीप प्रहरीमा परेको किशोरी बलत्कार उजुरीपछि बिहीबार विमानस्थल उत्रिदा भने फरक अवस्थाबाट गुज्रिए। उनको हातमा हतकडी थियो। उनले प्रहरीलाई हतकडी नलाउन आग्रह गर्दै पत्र पठाए पनि प्रहरीले नियमानुसार उनलाई हतकडी त लगायो। तर उनको हतकडी रुमालले छोपियो। सेतो ट्रयाकसुटमा एयरपोर्ट झरेका सन्दीपको अनुहारमा कुनै कान्ति थिएन। उनलाई सिधै प्रहरीले नियन्त्रणमा लियो। सायद यो अनुभव भोगाईपनि सन्दीपका लागि फरक रह्यो।

सन्दीपले खेलेका अन्तर्राष्टिय फ्रेन्चाइज
सन्दीप लामिछानेले नेपाली राष्ट्रिय टिमसहित विश्व चर्चित फ्रेनचाइज प्रतियोगिताहरूमा आफूलाई उभ्याएका छन्। सन् २०० को अगस्ट २ मा स्याङ्जामा जन्मिएका उनले २०१६ मै लिस्ट ए मा नेपालकोतर्फबाट औपचारिक डेब्यु गरेका थिए। तर उनले २०१५ एमसीसी स्क्वाडमा १५ वर्षको उमेरमै खेल्दै विकेट लिएका थिए। उनले हङकङ टी-२० ब्लिजमा २०१६ मा खेले। त्यहाँ उनी माइकल क्लार्कको नजरमा परे। त्यसपछि उनलाई अस्ट्रेलियामा क्लार्कले स्थानिय क्लबमा क्रिकेट सिक्ने अवसर दिएका थिए।

उनले अन्डर १९ विश्वकपका दौरान २०१६ मा प्रतिस्पर्धा गर्दा ६ खेलमा १४ विकेट लिएर सनसनिपूर्ण प्रदर्शन गरे। त्यसपछि उनले कीर्तिपुर मैदानमा २०१६ को अप्रिल १६ मा डब्लुसिएअन्तर्गत भएको खेलमा एकदिवसिय क्रिकेटमा राष्ट्रिय टिमबाट डेब्यु गरे। त्यसयता उनले पछि फर्किएर हेर्नु परेको छैन।

पछिल्लो पटक उनले गत १७ जुलाईमा स्कटल्यान्डविरुद्ध खेलेका थिए। तर अब उनको क्रिकेट करिअर पुन क्रिजमा फर्किएला या उम्दा अवस्थामानै अन्त होला यसको जवाफ उनीमाथि लागेको आरोप र अदालतको फैसला सम्मका लागि अनुत्तरित छ।

उनले टी-२० फ्रेन्चाइजमा २०१८ को १२ मेमा इन्डियन प्रिमियर लिगअन्तर्गत तत्कालीन दिल्ली डेयरडेभिल्समा डेब्यु गरेका थिए। उनले आरसिविविरुद्ध खेलमा डेब्यु गर्दै पार्थिब पटेलको विकेट लिए। त्यसपछि उनले विश्वका अधिकांश फ्रेनचाइजमा आफूलाई पुर्याउन सफल भए।
उनले दिल्लीसहित, हरवर्ट हुरिक्यान्स, केरला नाइट्स, लाहोर क्वालेन्डर्स, मोनट्रेला टाइगर्स, सिलेट सिक्सर्स, ननगरहार लियोपार्डस, ओभ इन्भिसिब्लस, टोरन्टो नेशन्स, बारबाडोस ट्रिडेन्ट्स, जमैका तलवाह, कोलन कान्टोन्स, मेलवर्न स्टार, सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्स बाट अन्तर्राष्ट्रिय फ्रेन्चाइज खेल्दा नेपाली राष्ट्रिय टिम र अन्डर १९ टिमका साथमा नेपालका घरेलु लिगहरू नेपाल ११, ललितपुर प्याट्रियटस, विराटनगर टाइटन्सबाटसमेत खेलेका छन्।

Share your love